• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

धादिङ बस दुर्घटनामा मृत्यु भएका सबै ६ जनाको सनाखत



धादिङ, भदौ २२ । भीमढुंगा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै ६ जनाकै सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया प्रमिला ढुंगानाको घटनास्थलमै मृत्युभएको हो ।

यसैगरी, उपचारका क्रममा काठमाडौँका ट्रमा सेन्टरमा १५ वर्षीया अन्जु तामाङ, आर्य हस्पिटल छाउनीमा ८५ वर्षीया कान्छी रेग्मी, सिटीसेन्टर कलंकीमा १९ वर्षीया रन्जीता ढुंगानाको मृत्यु भएको हो ।

४० जना यात्रुमध्ये ३४ जना घाइते भएका छन् । घाइतेमध्ये सिटी सेन्टरमा तीन, वीर अस्पतालमा १३, न्यूरो अस्पतालमा पाँच, बिएन्डबीमा पाँच, स्टार अस्पतालमा एक जनाको उपचार भइरहेका छन् ।

गोदावरीमा १२ वर्षे मेला भरेर फर्किएका तीर्थालु चढेको बा२ख २३२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

तीर्थयात्राका निम्ति चक्रपथमा गुड्ने बस रिजर्भ गरेर गाउँभरिका मानिस जम्मा भएर गोदावरी पुगेका थिए । चालकलाई बाटोको ज्ञान नहुँदा साँघुरो बाटोमा तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई पल्टिएको स्थानीयवासी बताउँछन् ।