• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो ★   माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल भन्छन्– सुहाङ्गले जिती सके ★   यस्तो सरल जीवनः ४०० करोडको मालिक यी स्टार चप्पल लगाएर बस–रेलमा हिँड्छन् ★   ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार ★   चेन्नईका कप्तानको खुलासा – हामी हाम्रो कमजोरीले हारेका होइनौं, शीतका कारण हार्यौँ ★   धनकुटाको कोसेली नरिवल बिस्कुट ★   प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु ★   तातो हावा ‘लू’बाट बच्न के गर्ने ? ★   कतारका अमिर स्वदेश फिर्ता

मुना–मदन गीतिनाटक मञ्चन



काठमाडौँ, भदौ २२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना–मदन’ गीतिनाटक आज साँझ राष्ट्रिय नाच घरमा मञ्चन गरियो ।

सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघरको प्रस्तुति रहेको मुना–मदनलाई प्रभाकरदेव शर्माले निर्देशन गर्नुभएको हो । करिब एक घन्टा १५ मिको सो गीतिनाटकमा मदनको भूमिकामा निर्देशक शर्मा स्वयम् तथा मुनाको भूमिका शारदा सिलवालले निर्वाह गर्नुुभएको छ ।

त्यस्तै आमाको भूमिकामा माया थापा, दिदीकोमा सीता कार्की, बहिनीकोमा अञ्जु रञ्जित तथा भोटेको भूमिकामा केशवराज राई हुनुहुन्छ । गीतिनाटकमा नारायणगोपाल, तारादेवी, कमला श्रेष्ठ, भुवन चन्द र नवीनकिशोर राईको स्वर तथा चन्द्रराज शर्माको सङ्गीत छ ।

मुना–मदन गीतिनाटक फरक समय, निर्माता, निर्देशक र कलाकारले मञ्चन गरेको यो चौथो पटक हो । सो अवसरमा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले गीतिनाटकको लेखन र गायनमा जस्तै कलाकारले अभिनयमा पनि न्याय गरेको बताउनुभयो ।

गीतिनाटक यही भदौ २५ गते दोस्रो पटक मञ्चन गरिने निर्देशक शर्माले जानकारी दिनुभयो । रासस