• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै ★   अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै ★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने ★   सार्वजनिक खरिद नियमावलीले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन : प्रधानमन्त्री ★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ? ★   शौचालयमा मृत भेटिइन् डा प्रतिभा ★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

मुना–मदन गीतिनाटक मञ्चन



काठमाडौँ, भदौ २२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना–मदन’ गीतिनाटक आज साँझ राष्ट्रिय नाच घरमा मञ्चन गरियो ।

सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघरको प्रस्तुति रहेको मुना–मदनलाई प्रभाकरदेव शर्माले निर्देशन गर्नुभएको हो । करिब एक घन्टा १५ मिको सो गीतिनाटकमा मदनको भूमिकामा निर्देशक शर्मा स्वयम् तथा मुनाको भूमिका शारदा सिलवालले निर्वाह गर्नुुभएको छ ।

त्यस्तै आमाको भूमिकामा माया थापा, दिदीकोमा सीता कार्की, बहिनीकोमा अञ्जु रञ्जित तथा भोटेको भूमिकामा केशवराज राई हुनुहुन्छ । गीतिनाटकमा नारायणगोपाल, तारादेवी, कमला श्रेष्ठ, भुवन चन्द र नवीनकिशोर राईको स्वर तथा चन्द्रराज शर्माको सङ्गीत छ ।

मुना–मदन गीतिनाटक फरक समय, निर्माता, निर्देशक र कलाकारले मञ्चन गरेको यो चौथो पटक हो । सो अवसरमा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले गीतिनाटकको लेखन र गायनमा जस्तै कलाकारले अभिनयमा पनि न्याय गरेको बताउनुभयो ।

गीतिनाटक यही भदौ २५ गते दोस्रो पटक मञ्चन गरिने निर्देशक शर्माले जानकारी दिनुभयो । रासस