• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक ★   त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम ★   ‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’: प्रधानमन्त्री दाहाल ★   मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु ★   आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै ★   सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ: प्रधानमन्त्री ★   जब पन्तले धोनीको सिग्नेचर हेलिकप्टर शट खेले… ★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् !

मुना–मदन गीतिनाटक मञ्चन



काठमाडौँ, भदौ २२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना–मदन’ गीतिनाटक आज साँझ राष्ट्रिय नाच घरमा मञ्चन गरियो ।

सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघरको प्रस्तुति रहेको मुना–मदनलाई प्रभाकरदेव शर्माले निर्देशन गर्नुभएको हो । करिब एक घन्टा १५ मिको सो गीतिनाटकमा मदनको भूमिकामा निर्देशक शर्मा स्वयम् तथा मुनाको भूमिका शारदा सिलवालले निर्वाह गर्नुुभएको छ ।

त्यस्तै आमाको भूमिकामा माया थापा, दिदीकोमा सीता कार्की, बहिनीकोमा अञ्जु रञ्जित तथा भोटेको भूमिकामा केशवराज राई हुनुहुन्छ । गीतिनाटकमा नारायणगोपाल, तारादेवी, कमला श्रेष्ठ, भुवन चन्द र नवीनकिशोर राईको स्वर तथा चन्द्रराज शर्माको सङ्गीत छ ।

मुना–मदन गीतिनाटक फरक समय, निर्माता, निर्देशक र कलाकारले मञ्चन गरेको यो चौथो पटक हो । सो अवसरमा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले गीतिनाटकको लेखन र गायनमा जस्तै कलाकारले अभिनयमा पनि न्याय गरेको बताउनुभयो ।

गीतिनाटक यही भदौ २५ गते दोस्रो पटक मञ्चन गरिने निर्देशक शर्माले जानकारी दिनुभयो । रासस