• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

अब संविधान आयो आयो : सभामुख नेम्बाङ



काठमाडौँ, भदौ २२ । सभाध्यक्ष सुवास नेम्बाङले प्रमुख चार दलका शीर्ष नेतालाई संशोधनका बीचबाट संविधानका मस्यौदामा सहमतिको बाटो खोज्न सुझाव दिनुभएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेतालाई डाकेर आज उहाँले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ प्रति असहमति राख्ने राजनीतिक दललाई सहमतिमा ल्याउन थप पहल गर्न आग्रह गर्नुभयो । अध्यक्ष नेम्बाङले मुलुकको समग्र स्थितिका बारेमा शीर्ष नेतासँग छलफल गर्नाका साथै मस्यौदा विधेयकअघि बढाउने प्रक्रिया र यस बीचमा संशोधनका माध्यमबाट सहमतिमा पुग्न सकिने बाटाका बारेमा जानकारी गराउनुभएको थियो ।

अब संविधान आयो आयो
जवाफमा शीर्ष नेताहरुले आजैदेखि असन्तुष्ट पक्षसँग वार्ता प्रक्रियाको प्रयास गरिने सकेसम्म धेरैलाई विश्वासमा लिएर सहमतिको साझा दस्तावेजका रुपमा संविधान जारी गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेम्बाङले भन्नुभयो, “अब संविधान आयो आयो ।” संविधान आउने विषयमा अब कहीँं कतै आशङ्का नगर्न सुझाव दिँदै उहाँले एक दुई दिनभित्रै संविधान जारी गर्ने मिति तय गरिने जानकारी दिनुभयो । रासस