• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   शुक्लाफाँटामा बाघ बढे, एक दशकमा तेब्बरभन्दा बढीे ★   इन्टर मिलानले जित्यो सिरी ए लिग उपाधि ★   राजतन्त्रले घुँडा टेकेर गणतन्त्रको बिजारोपण भएको दिन ★   जैसवालको शतकमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो ★   कतारका अमिर आज आउँदै, स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने ★   भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण ★   आँखै अगाडि खरानी बने सम्पत्ति र सपना ★    तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध ★   एमालेले गतिलो भाई काँग्रेस बन्ने उद्देश्य राखेको छः अध्यक्ष वैद्य ★   विपद् जोखिम न्युनिकरणसम्बन्धि नियमावली संशोधन गर्ने सरकारको निर्णय

संविधानको प्रक्रिया रोक्न काँग्रेसमा दवाब



काठमाडौं भदौ २३ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसमा संविधान लेखनको जारी प्रक्रिया रोक्न दवाब शुरु भएको छ ।

चाँडै संविधान जारी गर्न संविधानसभामा दर्ता भएका प्रस्तावहरुमा दफावार छलफलको प्रक्रिया छोटो बनाएर जाने तयारी भइरहेका बेला सत्तारुढ दल काँग्रेसका एक सयभन्दा बढि सभासद्हरुले संविधान लेखनको प्रक्रिया रोक्न दवाब बढेको हो ।
काँग्रेसका मधेशी, दलित, जनजाति, थारु र विधेयकमा असन्तुष्ट थप काँग्रेस सभासद्हरुले मंगलवार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रक्रिया रोकेर आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न दवाब दिइरहेको खबर बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
उनीहरुले तराई मधेशमा भइरहेको आन्दोलनकारीका मागबारे काँग्रेस बेखबर बन्न नहुने पनि ध्यानाकर्षण गराएका थिए ।