• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु ★   तातो हावा ‘लू’बाट बच्न के गर्ने ? ★   कतारका अमिर स्वदेश फिर्ता ★   च्याम्पियन्स ट्रफी २०२५ मा खेल्न भारतीय टोली पाकिस्तान नजाने ! ★   दिल्लीको ल्याण्डफिल साइटमा आगलागी ★   धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी ★   इम्प्याक्ट प्लेयर नियमविरुद्ध उभिए आरोन फिन्च ★   आईपीएलः दिल्लीसँगको हारको बदला लिने दाउमा गुजरात

राप्रपा नेपालद्वारा प्रक्रियाबाट अलग रहनेबारे जानकारी



काठमाडौँ, भदौ २३ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ ।

नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा अध्यक्ष नेम्वाङलाई भेटेर उहाँले पार्टीले उठाएको जनमत सङ्ग्रहलगायतका एजेन्डामा कुनै सुनुवाइ नभएको जारी पृष्ठभूमिमा पार्टी हाललाई अलग रहने निर्णय गरेको व्यहोरा लिखित रुपमै जानकारी गराउनुभएको हो ।

उक्त पत्रमा संविधान निर्माणको वर्तमान चरणमा आइपुग्दा देशका विभिन्न भागमा जनता आन्दोलित रहेको र कतिपय राजनीतिक प्रक्रियाबाट बाहिरिँदै गएको जनाउँदै राप्रपा ९नेपाल०लाई निरन्तर निषेध गर्ने गरिएको उल्लेख गरिएको छ । रासस