• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ? ★   युएईविरुद्ध नेपाललाई चौंथो झट्का ★   एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

अष्ट्रेलियाले थप बाह्र हजार शरणार्थीलाई शरण दिने



क्यानबेरा, भदौ २३ । अष्ट्रेलियाले बुधबार युद्धग्रस्त देश सिरिया र इराकका १२ हजार शरणार्थीको लागि शरण दिने घोषणा गरेको छ ।

यति ठूलो सङ्ख्याका थप शरणार्थीलार्ई शरण दिने अष्ट्रेलियाको यो घोषणा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो भएको बताइएको छ ।

सत्ता गठबन्धन पार्टीसँग भएको बैठकपछि प्रधानमन्त्री टोनी एबोटले अष्टे«लियाले सो घोषणा गरेको बताउनु भएको जनाइएको छ ।

अष्टे«लियाले सिरिया र इराकमा जारी द्वन्द्वका कारण शरणार्थी बन्न पुगेका थप १२ हजार शरणार्थीलाई शरण दिने बुधबार भएको एक पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको बताइएको छ ।

हिंसा, मध्यपूर्वी देशको आन्तरिक समस्या लगायतका विभिन्न कारणबाट लाखौँ लाख नागरिकले युरोपमा शरणार्थीको रुपमा प्रवेश गरिरहेका छन् ।

आप्रवासीले युरोपतर्फ जाने आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ । रासस/सिन्ह्वा