• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन

‘ब्याक’ हुँदा लेखेटेपछि प्रहरीले चलायो गोली



काठमाडौं, भदौ २४ । बन्दकर्ता र प्रहरीबीच बुधबार दिउँसो जलेश्वरको महेन्द्र चौकमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना प्रर्दशनकारीको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापरसहित तीन जनाको जलेश्वर अस्पतालमा मृत्यु भएको जलेश्वर अस्पतालका डाक्टर सतिस साहले पुष्टि गरेका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका जलेश्वरका वीरेन्द्र बिच्छाको टाउँकोमा गोली लागेको र उनको अवस्था गम्भीर रहेको अञ्चल अस्पतालले जनकपुरले बताएको छ ।

पिगौनाका धीरेन्द्र महतोलाई ढाडमा गोली लागेर घाइते भएका छन् । जलेश्वरका सतोष साह, भटौलियाका अभिनास यादव र जलेश्वरनगरपालिका घर भएका रामविकास साह गोलीको छर्रा लागेर घाइते भएपछि अहिले उनीहरुको जनकपुर अञ्चल अस्पताल उपचार भइरहेको छ । त्यसैगरी एकडाराका शंकर पासवान र पिगौनाका विकास मिश्राको जलेश्वर स्थित शान्ति कम्पयुनिट हस्पिटलमा उपचार भइरहेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

यता प्रहरीको लाठी प्रहार र अश्रुग्यासको धुँवाले ५० भन्दा बढी प्रर्दशनकारी घाइते हुन पुगेका छन्  दिउँसो २ बजेतिर गाउँगाउँबाट बन्दमा समर्थन जनाउन जलेश्वर आएका प्रर्दशनकारी र प्रहरीबीच झडप शुरु भएर जलेश्वरमा तनाव शुरु भएको थियो ।

मोटरसाइकल, साइकल र ट्रयाक्टरमा आएका प्रदर्शनकारीहरुले सदरमुकाम जलेश्वरका विभिन्न भागमा लाठी जुलुस प्रर्दशन गर्दै महेन्द्र चोक पुगेको थियो । प्रर्दशनकारीहरुले महेन्द्र चोकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्न खोज्दा प्रहरी पछाडि हटेको थियो ।

महेन्द्र चोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएपछि प्रर्दशनकारी झन् उग्र भएका थिए । उनीहरुले पछि हट्दै गएका सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको गेट अगाडिसम्म लखेटेर आक्रमण गर्न थालेपछि प्रहरीले जवाफी कारवाही सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयलाई नै निसाना बनाएपछि प्रहरीले भित्रबाट अश्रुग्यास प्रहार गर्न सुरु गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारी अश्रुग्यास हान्दा समेत पछि नहेटेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रर्दशनकारीहरुलाई तितरवितर गर्न कार्यालयभित्रैबाट प्रहार गरेको अश्रुग्यास सर्वसाधारणका घरमा पुगेको थियो। त्यसबाट सर्वसाधारण पीडित बन्न पुगे ।

प्रहरीले फालेको अश्रुग्यासबाट घरमा बसिरहेका महिला तथा बालबालिकाले समेत सास्ती भोग्नु पर्‍यो। प्रर्दशनकारीको संख्या बढी भएकोले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको भयो ।