• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट) ★   संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर ★   बागमती, गण्डकी र कर्णालीमा आज हल्का पानी पर्ने

मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन सकेन



पाँचथर, भदौ २४ । । जिल्लामा लागू गरिएको मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ । हाल जिल्लामा तीनवटा मातृभाषामा पठनपाठन हुने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका शाखा अधिकृत युगमणि सवेहाङ भन्छन्, ‘यस पाठ्यक्रमका लागि भिन्नै शिक्षक दरबन्दी नभएकाले पनि समस्या भएको हो, नागरिकले चाहेमा मातृभाषा पढ्न पाउने प्रावधान रहेकाले उनीहरुको आवश्यकता र मागअनुसार मातृभाषाका पाठ्यक्रम लागू गर्दै आएको छ ।’

सबै भाषाभाषीका विद्यार्थीले मातृभाषामा पढ्न पाउनु उनीहरुको अधिकार भएको भन्दै सवेहाङले मातृभाषा पाठ्यक्रम लागू गर्ने विषयमा पनि समुदायका अभिभावकबीच विवाद हुने गरेको बताए । यसले गर्दा जिल्लाका केही विद्यालयमा सञ्चालन रहेका मातृभाषाका पाठ्यक्रम रोकिने गरेको पनि उनको भनाइ छ ।

सबैभन्दा बढी लिम्बू भाषाको आनिपान जिल्लाका ७१ वटा विद्यालयमा राई भाषाको पाठ्यक्रम ६ र सबैभन्दा कम तामाङ भाषाको पाठ्यक्रम भने एउटा विद्यालयमा पढाइ भएको शाखा अधिकृत सवेहाङले जानकारी दिए । जिल्लामा अन्य मातृभाषी समुदाय भए पनि उनीहरुबाट पाठ्यक्रमको माग नआएकाले ती पाठ्यक्रम प्रयोगमा आउन नसकेका सवेहाङको भनाइ छ ।

प्रत्येक वर्षको शैक्षिकसत्रमा विद्यालयले मातृभाषाको पाठ्यक्रम लागू गर्ने र लागू भएका पाठ्यक्रम अभिभावकबीचको विवाद र विद्यालयको व्यवस्थापकीय पक्षको समस्याका कारण पठन बन्द हुने गरेकाले यो वर्ष जिल्लाका कति वटा विद्यालयमा मातृभाषा पाठ्यक्रम लागू भइरहेका छन् भन्ने यकिन तथ्यांक कार्यालयसँग नभएको भन्दै उनले तत्कालै स्रोतव्यक्तिमार्फत तथ्यांक संकलन गरिने बताए । रासस