• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

सुनसरीमा गाडी तोडफोड र आगजनी



विराटनगर, भदौ २४ । सुनसरीमा विहीबार बिहान बन्दकर्ताहरुले दुईवटा गाडीमा तोडफोड गर्नुका साथै एउटामा आगजनी गरेका छन् ।

दुहवी–भलुवा नगरपालिका–७ स्थित कोसी राजमार्गमा को१च २६९८ नम्बरको मारुती भ्यानमा आगजनी गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बन्दकर्ताहरुले सयौँ गाडीलाई जबर्जस्ती रोकी आगजनी गरेर फरार भएका थिए । आगलागीबाट गाडी पूर्णरुपले जलेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आगो नियन्त्रण गरेको थियो ।

त्यसैगरी, सोही नगरपालिका–४ मा बा ९ च ५५१८ नम्बरको मारुती गाडीको सिसा फोरिएको छ ।