• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

‘लिम्बूवान राज्य’ माग्दै पूर्वका ९ जिल्लामा आमहड्ताल



पाँचथर, भदौ २४ । लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त संघर्ष समितिले आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।

पूर्वका नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान स्वायत्त राज्य लेखिनुपर्ने, धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलो १६९, युएन् ड्रिपलाई संस्थागत गर्न माग गर्दै बन्दको आह्वान गरिएको समितिले जनाएको हो ।

पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा बन्दको प्रभाव बिहानैबाट परेको छ ।

यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्थासमेत ठप्प छन् ।

मोटरसाइकलसमेत सञ्चालन हुन नदिने लिम्बूवान संयुक्त संघर्ष समितिले जनाएको छ । बन्द सफल पार्न बिहानैदेखि बन्दकर्ता चोकचोकमा बजार पसल बन्द गराउँदै हिँडेका छन् ।

समितिले विहीबार (आज) र शुक्रबार (भोलि) आमहड्तालको आह्वान गरेको हो । रासस