• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo

सुनको मूल्य एकैदिन ६ सयले घट्यो



काठमाडौं, भदौ २४ । सुनको भाउमा विहीबार एकैदिन तोलामा ६ सय रुपैयाँले कमी आयो ।

बुधबार स्थीर रहेको सुनको मूल्य विहीबार तोलामा ६ सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजाबी सुन तोलाको ४९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ५० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

विहीबार चाँदीको भाउ पनि तोलमा ५ रुपैयाँले घटेर ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावले यहाँको बजारमा तलमाथि भइरहेको महासंघले जनाएको छ ।