• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

आचरण विपरीत काम गर्ने ३८ प्रहरीलाई कारबाही



बलेवा (बागलुङ), भदौ २४। सवारी दुर्घटना न्यून र अपराध नियन्त्रण गर्न धौलागिरि अञ्चल प्रहरी कार्यालय, बागलुङले छड्के अनुगमन सुरु गरेको छ ।

अञ्चल प्रहरीले आकस्मिक रुपमा सडक सुरक्षा चेक प्वाइन्ट खडा गरेर सवारी साधनको जाँचमा कडाइ गरेको हो । चाडपर्व नजिकिँदै जाँदा सवारी दुर्घटना बढ्नुका साथै चोरी तथा आपराधिक घटना हुने भएकाले धौलागिरि अञ्चलका चारै जिल्लामा छड्के जाँच गर्न सुरु गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताउनुभयो ।

“हरेक जिल्लामा जिल्ला प्रहरीले आफ्नो ढङ्गले जाँच गरिरहेको छ,” चौधरीले भन्नुभयोे – “हामीले आकस्मिक रुपमा छड्के जाँच सुरु गरेका छौँ ।” उहाँका अनुसार धौलागिरिको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यसैबीच प्रहरी आचरण विपरीतका काम गर्ने प्रहरीलाई कारबाही गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङले जनाएको छ । धौलागिरिमा आव २०७१-७२ मा ३८ जना प्रहरीलाई कारबाही गरेको एसएसपी चौधरीले जानकारी दिनुभयो ।

आफ्नो ड्युटीअनुसार काम नगर्ने, प्रहरी सङ्गठनको अनुशासन उल्लङ्घन गर्ने र पदीय दायित्वलाई पूरा नगर्नेलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बागलुङमा १४, म्याग्दीमा १०, पर्वतमा सात र मुस्ताङमा कार्यरत पाँचजना गरी कुल ३८ जनालाई कसूरअनुसार विभिन्न कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा सिपाहीदेखि सइसम्मका छन् । रासस