• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ?

आचरण विपरीत काम गर्ने ३८ प्रहरीलाई कारबाही



बलेवा (बागलुङ), भदौ २४। सवारी दुर्घटना न्यून र अपराध नियन्त्रण गर्न धौलागिरि अञ्चल प्रहरी कार्यालय, बागलुङले छड्के अनुगमन सुरु गरेको छ ।

अञ्चल प्रहरीले आकस्मिक रुपमा सडक सुरक्षा चेक प्वाइन्ट खडा गरेर सवारी साधनको जाँचमा कडाइ गरेको हो । चाडपर्व नजिकिँदै जाँदा सवारी दुर्घटना बढ्नुका साथै चोरी तथा आपराधिक घटना हुने भएकाले धौलागिरि अञ्चलका चारै जिल्लामा छड्के जाँच गर्न सुरु गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताउनुभयो ।

“हरेक जिल्लामा जिल्ला प्रहरीले आफ्नो ढङ्गले जाँच गरिरहेको छ,” चौधरीले भन्नुभयोे – “हामीले आकस्मिक रुपमा छड्के जाँच सुरु गरेका छौँ ।” उहाँका अनुसार धौलागिरिको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यसैबीच प्रहरी आचरण विपरीतका काम गर्ने प्रहरीलाई कारबाही गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङले जनाएको छ । धौलागिरिमा आव २०७१-७२ मा ३८ जना प्रहरीलाई कारबाही गरेको एसएसपी चौधरीले जानकारी दिनुभयो ।

आफ्नो ड्युटीअनुसार काम नगर्ने, प्रहरी सङ्गठनको अनुशासन उल्लङ्घन गर्ने र पदीय दायित्वलाई पूरा नगर्नेलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बागलुङमा १४, म्याग्दीमा १०, पर्वतमा सात र मुस्ताङमा कार्यरत पाँचजना गरी कुल ३८ जनालाई कसूरअनुसार विभिन्न कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा सिपाहीदेखि सइसम्मका छन् । रासस