• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ ★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा

आचरण विपरीत काम गर्ने ३८ प्रहरीलाई कारबाही



बलेवा (बागलुङ), भदौ २४। सवारी दुर्घटना न्यून र अपराध नियन्त्रण गर्न धौलागिरि अञ्चल प्रहरी कार्यालय, बागलुङले छड्के अनुगमन सुरु गरेको छ ।

अञ्चल प्रहरीले आकस्मिक रुपमा सडक सुरक्षा चेक प्वाइन्ट खडा गरेर सवारी साधनको जाँचमा कडाइ गरेको हो । चाडपर्व नजिकिँदै जाँदा सवारी दुर्घटना बढ्नुका साथै चोरी तथा आपराधिक घटना हुने भएकाले धौलागिरि अञ्चलका चारै जिल्लामा छड्के जाँच गर्न सुरु गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताउनुभयो ।

“हरेक जिल्लामा जिल्ला प्रहरीले आफ्नो ढङ्गले जाँच गरिरहेको छ,” चौधरीले भन्नुभयोे – “हामीले आकस्मिक रुपमा छड्के जाँच सुरु गरेका छौँ ।” उहाँका अनुसार धौलागिरिको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यसैबीच प्रहरी आचरण विपरीतका काम गर्ने प्रहरीलाई कारबाही गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङले जनाएको छ । धौलागिरिमा आव २०७१-७२ मा ३८ जना प्रहरीलाई कारबाही गरेको एसएसपी चौधरीले जानकारी दिनुभयो ।

आफ्नो ड्युटीअनुसार काम नगर्ने, प्रहरी सङ्गठनको अनुशासन उल्लङ्घन गर्ने र पदीय दायित्वलाई पूरा नगर्नेलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बागलुङमा १४, म्याग्दीमा १०, पर्वतमा सात र मुस्ताङमा कार्यरत पाँचजना गरी कुल ३८ जनालाई कसूरअनुसार विभिन्न कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा सिपाहीदेखि सइसम्मका छन् । रासस