• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

करेन्ट लागेर बालकको मृत्यु



महोत्तरी, भदौ २५ । महोत्तरीको सदरमुकाम जलेश्वरमा विहीबार राति करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर–१० सारी बस्ने ललन झाको छोरा १४ वर्षीय अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विहीबर राति आफ्नै कोठाको बत्ती बिग्रेर आफैं बनाउन गएका अभिषेकको नाँगो तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक नरेश महतोले बताए ।

बालकको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।