• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

महोत्तरीमा तीन घन्टा निषेधाज्ञा हट्यो



महोत्तरी, भदौ २५ । महोत्तरीको जलेश्वरलगायत जिल्लाको बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ३ घन्टाका लागि हटाइएको छ ।

बुधबार राति ८ बजेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित बलवा र बनौटा गाविसमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ६ देखि ९ बजेसम्मका लागि हटाएको जानकारी प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दिए ।

आम नागरिकको दैनिक उपभोगका किनमेल तथा तराई मधेसको संस्कृतिअनुसार नित्यकर्म गर्न घरबाहिर जानैपर्ने कुरालाई ध्यानमा राख्दै बिहान तीन घन्टाका लागि निषेधाज्ञा हटाएको उनले बताए ।

बुधबार प्रहरीको गोली लागी जलेश्वरमा तीन आन्दोलनकारीको मृत्यु भएपछि उग्र बन्दै गएको जिल्लाको अवस्थालाई देखेर स्थानीय प्रशासनले जलेश्वरसहित जिल्लाको बलवा र बनौटा गाविसमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । रासस