• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् ! ★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो ★   महालेखापरीक्षकमा तोयम राया नियुक्त

रौतहटमा तीन भारतीय तस्कर पक्राउ



रौटहट, भदौ २५ । रौतहटस्थित प्रहरी गस्ती टोलीले तीन भारतीय तस्करसहित लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

आन्दोलनको मौका छोपी सीमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छलेर रौतहटतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा, मलखाद र सुर्तीजन्य पदार्थ गरी रु दुई लाख मूल्य बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सीमावर्ती भारत सेन्दुरिया गाउँका हरिओम महतो, प्रमोद महतो र वीरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाएको र तस्करको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले बताए ।

आन्दोलनको मौका छोपी सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भारतीय सामानको ढुवानी बढेको सूचनाका आधारमा तस्करी नियन्त्रणका लागि जिल्लामा प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी सहायक प्रहरी निरीक्षक प्रधुमन कार्कीले दिए ।