• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

ओली र भारतीय राजदूतबीचको भेटमा के भयो ?



फाइल फोटो

भक्तपुर, भदौ २५ । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच शुक्रबार बिहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।

भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताए ।

राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राखेको उनले बताए ।

संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ ।