• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

हत्या गरिएको अवस्थामा पुरुषको शव भेटियो



फाइल फोटो

महोत्तरी, भदौ २५ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा शुक्रबार बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ ।

नाम, थर, ठेगाना खुल्न नसकेको अन्दाजी ३० वर्षीय पुरुषको हत्या गरिएको शव धीरापुर गाविस– २ स्थित खेतमा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ती पुरुषलाई तीन/चार दिन अगाडि कसैले हत्या गरेर वनमा रहेको धान खेतको पानीमा फालिदिएको प्रहरीले जनाएको छ ।

हत्या गरेर पानीमा फालिएको सो पुरुषको जीउ, अनुहारसहित पूरै शरीर सुन्निएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।

जिल्लामा आन्दोलन र निषोधाज्ञाका कारण सो शव ल्याउन वा थप अनुसन्धान गर्न प्रहरी घटनास्थल जान नसक्ने अवस्था रहेको छ । रासस