• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न ★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा ★   विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई ★   २०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुने ★   गोर्खा सैनिकले उठाएका मुद्दा न्यायोचित रुपमा सम्बोधन हुने गृहमन्त्री लामिछानेको अपेक्षा ★   देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

सुरक्षा खतरा सामना गर्न सेना तयार : प्रधानसेनापति



काठमाडौं, भदौ २६ । । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा थपिएको सुरक्षा चुनौती सामना गर्न एकजुट भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानसेनापतिले संविधान जारी भएपछि राजनीतिक स्थिरता आउनेसमेत अपेक्षा गरेका छन् ।

सैनिक मञ्च टुँडिखेलबाट सेनाका पृतना, बाहिनी, गण, गुल्म तथा शिक्षालयलगायत एक सय ३६ स्थानमा एकैसाथ लाइभ मल्टिकास्ट गरिएको सम्बोधनमा क्षेत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट रहेको र यसका प्रभाव नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको भन्दै सेना यसको सामना गर्न तयार रहेको बताएका समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

उनले संविधानद्वारा निर्दिष्ट महत्वपूर्ण राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य सुरक्षा खतरा तथा चुनौतीको प्रभावकारी ढंगले सामना गर्न सेना तयार रहेको बताएका थिए ।

प्रधानसेनापति क्षेत्रीले अहिले मुलुक जटिल चुनौतीको दोसाँधमा उभिएको र वीर पुर्खाले निर्माण गरेको मजबुद जगमा उभिएर राज्यका सबै शक्ति संयन्त्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

आफ्नो कार्यकालमा सेनालाई पेसागत सैनिक तालिम, हातहतियार तथा उपकरणको उपलब्धता, अपरेसनल तयारी, उच्च हौसला तथा अनुशासनमार्फत अझ संगठित, सुदृढ र सबल बनाइनेसमेत क्षेत्रीले प्रतिबद्धता गरेका छन् । प्रधानसेनापतिसँग शुक्रबार रक्षासचिव ईश्वरी पौडेलले भेटवार्ता गरेका छन् ।

यसैगरी नेपालका लागि भारतीय राजदूत रणजित रेले पनि प्रधानसेनापतिलाई जंगीअड्डामा भेटेर बधाई दिएका छन् । क्षेत्री भारतीय सेनाका पनि मानार्थ प्रधानसेनापति हुन् ।