• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक ★   दुई हजार सात सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार? ★   औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी ★   विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री ★   ‘लू’ सँग लड्न सरकार सँग छैन रणनीति ★   सार्वजनिक बिदाबारे गृहमन्त्री: तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ ★   चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो ★   वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति ★   श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ? ★   युजवेन्द्र चहलले आईपीएलमा रचे इतिहास

थारू गाउँ अभिभावकविहीन



काठमाडौं, भदौ २६ । टीकापुर घटनापछि थारू गाउँका अगुवाका रूपमा चिनिने बडघरहरू त्रसित बनेका छन् । भदौ ७ गतेको आन्दोलनमा गाउँलेलाई बोलाउने काम बडघरहरूले गरेको कुरा बाहिर आएपछि प्रहरीले धरपकड गर्ने डरले उनीहरू त्रसित बनेका छन् । अधिकांश बडघर घरमा भेटिँदैनन् । उनीहरू पलायन भएपछि गाउँ अभिभावकविहीनजस्तै बनेका छन् ।

धनसिंहपुर ४ झुंगाका बडघर धनबहादुर चौधरीले आफूहरूलाई पक्राउ गर्ने हल्लाले केही दिन निदाउन नसकेको बताए । ‘गाउँमा सुरक्षाकर्मीको गाडी आउँदा डर लाग्छ, केही दिन घरमै बसिनँ,’ उनले भने । उनी अहिले आफूले गलत नगरेको भन्दै घरमै बसेका छन् ।

छिमेकी गाउँ बौनियाका बडघर रामबहादुर चौधरीको घरमा मध्यरातमा सादा पोसाकमा आएका प्रहरीले आफूलाई नभेटेपछि भाइलाई लगेको उनले बताए ।

जोशीपुर गाविसको लक्कड गाउँका बडघर रामप्रसाद चौधरीको घरमा नयाँ व्यक्ति जाँदा परिवार पूरै त्रसित हुन्छ । उनी कता गएर बस्छन् भन्ने कसैलाई छैन । नवलपुर गाउँका बडघर ईश्वरीप्रसाद चौधरी पनि घरमा नबस्ने गरेको गाउँलेले बताएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भदौ १३ मा भजनीबाट आएको सुरक्षाकर्मीको टोलीले सद्भाव कायम गर्ने भनेर गाउँका बडघरसहित सबैलाई जम्मा गरेर छलफल गरेको थियो । त्यही राति गाउँमा आएर ३ जनालाई पक्राउ गरेपछि त्रसित भएको स्थानीय बताउँछन् ।

माघीमा छानिने बडघर वर्षभरिका लागि गाउँको मुखियाजस्तै हुन्छन् । गाउँमा सामूहिक रमाइलो गर्ने वा सुखदुस्खका अन्य काममा बडघरको महत्वपूर्ण भूमिका रहन्छ ।

सीमा नाकाको इन्ट्रिपोस्ट खाली    
नेपाल–भारत सीमामा पर्ने खक्रौला नाकामा रहेको प्रहरीले चेकजाँच इन्ट्रिपोस्ट खाली रहेको छ । टीकापुर घटनापछि उक्त इन्ट्रिपोस्टमा कुनै चेकजाँच नहुने स्थानीयले बताए ।