• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

एम्बुलेन्स तोडफोडको विरोध गर्दै चालकहरु आन्दोलित, एम्बुलेन्स नचलाउने निर्णय



मोरङ, भदौ २६ । बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रंगेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय पनि गरेका छन् ।

एम्बुलेन्स चालक संघ, मोरङका सचिव चन्द्र पराजुलीले बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड र चालकलाई दुव्र्यवहार गर्न थालेपछि सुरक्षाको प्रत्याभूति नभएसम्म एम्बुलेन्स नचलाउने निर्णय गरिएको जानकारी दिए ।

बन्दकर्ताले सो सडकखण्डअन्तर्गत को१च ४२६५ नम्बरको नेपाल रेडक्रस सोसाइटी मोरङको एम्बुलेन्स तोडफोड भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

मोरङको कटहरी, कर्सिया, रङ्गेली र दर्वेशालगायतका स्थानमा जाँदा आन्दोलनकारीले चालकमाथि दुव्र्यवहार गर्ने गरेको मोरङ एम्बुलेन्स चालक संघले जनाएको छ । मोरङमा १२५ वटा एम्बुलेन्स सञ्चालनमा रहँदै आएका छन् ।