• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

शिक्षकहरु धमाधम राजीनामा दिँदै



पाँचथर, भदौ २६ । शिक्षक सेवा आयोगले लाइसेन्स नभएका शिक्षक हटाउन जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेपछि जिल्लामा अहिले बिना लाइसेन्सका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।

जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोत व्यक्तिलगायतले निकालेको तथ्यांकमा जिल्लामा स्थायी, अस्थायी, राहतका गरी ५६ जना शिक्षकको लाइसेन्स नरहेको पाइएको छ । त्यसमध्ये अहिलेसम्म छजनाले राजीनामा दिइसकेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।

‘आयोगले अहिले लाइसेन्स नभएका शिक्षकलाई धमाधम सेवाबाट अवकाश गर्न भनेपछि उनीहरु आफैँले राजीनामा गर्न थालेका छन् भने लाइसेन्स नभएका शिक्षकको तलब निकासा नै नगर्न परिपत्र आएको छ’–उनले भने ।

जिल्लामा बढी विज्ञान र गणित विषय पढाउने शिक्षकको लाइसेन्स नरहेको पाइएको छ ।