• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

रोकिराखेको ट्रकमा मोइटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु



नवलपरासी, भदौ २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ ।

गैँडाकोट–११ हर्कपुरमा रोकिराखेको ना४ख ७६२५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१८प २९६० नम्बरको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।