• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   कतारका राजा काठमाडौँमा, राष्ट्रपतिबाट स्वागत ★   कतारका राजा काठमाडौँमा ★   ६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ★   नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी ★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’

यमनी विद्रोहीको रकेट आक्रमणबाट २० जनाको मृत्यु



काठमाडौं, भदौ २५ । इरान पक्षधर यमनी विद्रोहीद्वारा पूर्वी यमनको मारिव नामक एक व्यस्त सहरमा गरिएको रकेट आक्रमणमा परी शुक्रबार कम्तिमा २० जना यमनी नागरिकको मृत्यु भएको त्यहाँस्थित चिकित्सक एवं प्रत्यक्षदर्शीले जनाएका छन् ।

कात्युसा नामक त्यो रकेटको आक्रमणमा परी बीस जना यमनी नागरिकको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका चिकित्सकले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार विद्रोहीले मारीव प्रान्तीय राजधानीलाई निशाना बनाई आक्रमण गरेका थिए ।

विद्रोहीले साउदी अरबले नेतृत्व गरेको फौजले मारिव प्रान्तमा हेलिकप्टर प्रयोग गरी गरेको आक्रमणमा सात जना हुठी सिया विद्रोही तथा उनीहरूका सहयोगीको मृत्यु भएको केही घण्टापछि सरकारी फौजविरुद्ध हवाई आक्रमण गरेका बताइएको छ ।

अरब नेतृत्वको संयुक्त फौजले मारिब प्रान्तमा विद्रोही सेनाले प्रयोग गरेको एउटा गाडीे तथा यसको छिमेकी प्रान्त शवामा विद्रोही सेनाको आश्रयस्थललाई निशाना बनाएको सरकारी सैनिक स्रोतले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घका अनुसार यमनको द्वन्द्वका कारण गएको मार्चदेखि अहिलेसम्म करिब ४,५०० मानिसको मृत्यु भएको छ । (एजेन्सी)