• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   निजामती सेवामा ट्रेड युनियन अधिकार ★   एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित ★   नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बञ्चित ★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान

मधेसी दलको खास कुनै माग छैन : पौडेल



फोटोः रासस ।

काठमाडौँ, भदौ २६ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग खास कुनै पनि माग नभएको बताएका छन् ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा नेता पौडेलले मधेसी दलको खास माग भए चाँडो वार्तामा आउन आग्रहसमेत गरे ।

‘आन्दोलनरत दलसँग कुनै पनि माग छैन, त्यसैले उहाँहरु वार्तामा आउन आनकानी गरिरहनुभएको छ’–उनले भने ।

अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशितासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने जिकिर उनले गरे ।

उपसभापति पौडेलले सहमतिका लागि केही दिन प्रक्रिया स्थगन गरिएकोे बताउँदै सो समयसम्म पनि वार्तामा नआए संविधान निर्माणलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दलको मागअनुसार प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिएकाले तत्काल वार्तामा आउन आग्रह गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले नेता पौडेल, सिंह, सभासद डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, शंकर भण्डारी, दीपक गिरी, धनराज गुरुङ र दीपक कुइँकेललाई संविधानको अन्तिम हस्ताक्षरका लागि कलम प्रदान गरेका थिए ।