• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै

मधेसी दलको खास कुनै माग छैन : पौडेल



फोटोः रासस ।

काठमाडौँ, भदौ २६ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग खास कुनै पनि माग नभएको बताएका छन् ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा नेता पौडेलले मधेसी दलको खास माग भए चाँडो वार्तामा आउन आग्रहसमेत गरे ।

‘आन्दोलनरत दलसँग कुनै पनि माग छैन, त्यसैले उहाँहरु वार्तामा आउन आनकानी गरिरहनुभएको छ’–उनले भने ।

अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशितासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने जिकिर उनले गरे ।

उपसभापति पौडेलले सहमतिका लागि केही दिन प्रक्रिया स्थगन गरिएकोे बताउँदै सो समयसम्म पनि वार्तामा नआए संविधान निर्माणलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दलको मागअनुसार प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिएकाले तत्काल वार्तामा आउन आग्रह गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले नेता पौडेल, सिंह, सभासद डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, शंकर भण्डारी, दीपक गिरी, धनराज गुरुङ र दीपक कुइँकेललाई संविधानको अन्तिम हस्ताक्षरका लागि कलम प्रदान गरेका थिए ।