• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

चिनी राखिएको तीन वटा ट्रकमा आगजनी



बारा, भदौ २६ । बाराको मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित ३२ लाख रुपैयाँ बराबरको चिनी राखिएको तीन वटा ट्रकमा शनिबार बिहान आन्दोलनकारीको समूहले आगजनी गरेको छ ।

चिनी काठमाडौँ पठाउनका लागि ना४ख २९२७, ना५ख ८७६१ र ना५ख २९९५ तीन ट्रकमा ३२ लाख रुपैयाँ बराबरको एक हजार २७० बोरा राखिएको थियो ।

ती ट्रक मनहराबाट पिलुवा हुँदै काठमाडौँतर्फ जाने क्रममा २५/३० जना आन्दोलनकारीले चिनी मिलदेखि करिब तीन किमी टाढा रोकी क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगजनीमा परी ना५ख ८७६१ र २९९५ नम्बरका दुई ट्रकमा पूर्ण रुपले क्षति पुगेको छ ।

सो घटनामा उमेश यादवको नेतृत्वमा रहेको संघीय मधेसी मोर्चा समूहले जिम्मेवारी लिएको थाहा भएको छ । रासस