• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ ★   तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा ★   कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह ★   सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री ★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

माइक्रोको ठक्करबाट युवतीको मृत्यु



पोखरा, भदौ २८ । पोखराको अमरसिंहचोकमा माइक्रोबसको ठक्करबाट आइतबार साँझ एक युवतीको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्पm आइरहेको ना५ख ३४० नम्बरको माइक्रोबसले पोखराको छिनेडाँडाबाट पृथ्वीचोकतर्फ आइरहेको ग१० प७४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा सिमलचौर निवासी २३ वर्षीया जमुना पहारी अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्कुटरको पछाडि बस्ने २० वर्षीया एलिसा बराल सामान्य घाइते भएकी छन् । मृतक जमुना छिनेडाँडामा आफ्नी दिदीको घरमा दर खाएर घर फर्कंदै गर्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले माइक्रोबस चालक लेखनाथका २४ वर्षीय मीनबहादुर सुनारलाई पक्राउ गरेको छ ।