• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

नवलपरासीमा निषेधाज्ञाको समय भदौ ३१ सम्मलाई थप



नवलपरासी, भदौ २८ । नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा (निषेधित क्षेत्र)को समयावधि यही भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरेको छ ।

यसअगावैको समय सकिएपछि आजबाट निषेधाज्ञाको समय भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

यस पटकको समय अवधि थप भएसँगै पाँचौँपटक निषेधाज्ञाको समय बढाइएको हो । प्रशासनले नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकसम्मको पूर्वपश्चिम राजमार्ग र दायाँबायाँ ५०० मिटर, परासीको मुख्य बजारदेखि सुनवल सडकसहित दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ ।

स्थानीय प्रशासनले पहिलोपटक भदौ १३ गतेसम्म र दोस्रोपटक भदौ १६ गते, तेस्रोपटक भदौ १६ सम्म, चौथोपटक भदौ २७ गते र पाँचौँपटक भदौ ३१ गतेसम्मलाई निषेधित क्षेत्रका समय अवधि थप गरेको छ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण एक महिनादेखि जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, वित्तीय संस्था बन्द हुँदै आएका छन् ।