• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

झापामा बम विस्फोट, तीन प्रहरी घाइते



झापा, भदौ २९ । झापाको सुरुंगा प्रहरी चौकीमा मंगलबार बिहान बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेहरुमा प्रहरी सहायक निरीक्षक देवनारायण यादव, हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल रहेका छन् ।

कन्काई नगरपालिका–३ स्थित बत्तिसा चर्चमा राखिएको बम निस्क्रिए जस्तो ठानेर प्रहरीले चौकीमा लिएर गएका थिए । प्रहरी चौकीमा लगे लगत्तै असई यादवको हातमा बम विस्फोट भएको बताइएको छ ।

घाइते मध्ये असई यादवको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको झापाकै बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । बम भेटिएको चर्च क्षेत्रमा ‘हिन्दु मोर्चा नेपाल’ लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।