• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

संविधान घोषणाको मिति संविधानसभाबाट पारित



काठमाडौँ, भदौ २९ । संविधानसभाले  ‘नेपालको संविधानको परिमार्जन विधेयक, २०७२’ आगामी असोज ३ गते घोषणा गर्ने मिति सर्वसम्मतिले पारित गरेको छ ।
मंगलबार बसेको संविधानसभाको बैठकमा प्रमुख तीन दलका तर्फबाट ‘नेपालको संविधान नेपाली जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारणसम्बन्धी प्रस्ताव’ प्रस्तुत भएको थियो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ प्रस्तावक, नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल समर्थक रहेको  ‘नेपालको संविधान नेपाली जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारणसम्बन्धी प्रस्ताव’ सर्वसम्मतिले पारित भएको हो ।
पारित प्रस्तावमा ‘संविधानसभा नियमावली, २०७० को नियम ११० को उपनियम ९३० बमोजिम संविधानसभाबाट पारित भई अध्यक्षद्वारा प्रमाणित भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्नेछ र सोही समारोहमा नेपालको संविधान नेपाली जनतासमक्ष संविधान प्रारम्भ भएको घोषणा गर्ने उल्लेख छ । सो समारोह असोज ३ गते अपराह्न ५ बजे संविधानसभा भवनमा हुनेछ ।