• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

पशुपतिमा बिहानैदेखि व्रतालु महिलाको भीड



काठमाडौं  भदौ ३०। हरितालिका तीज पर्वको उपलक्ष्यमा व्रत बसेका व्रतालु महिला पूजाआजा एवम् दर्शनका लागि आज बिहानैदेखि पशुपति मन्दिरमा भेला भएका छन् ।
व्रतालु महिलाका लागि व्यवस्थित ढङ्गले दर्शन गराउन तीनतिरबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।
तीनवटै लाइन भीड र लामो भए पनि आधा घन्टाभित्र दर्शनार्थीले पूजा एवम् दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको हरितालिका तीज व्यवस्थापन समितिका संयोजक एवम् कोषकी सदस्य बबिता पौडेलले बताउनुभयो ।  रासस