• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

कृषि उत्पादनका लागि राप्तीपारि क्षेत्रलाई अनुदान



खजुरा (बाँके),  भदौ ३०। एसियाली विकास बैंकले कृषिको पकेट गाविस भनेर चिनिने बाँकेको बैजापुरमा अनुदान दिएको छ ।

एसियाली बैंकले राप्तीपारि क्षेत्रको प्रतिनिधित्व गर्ने भुवर भवानी बहुउद्देश्यीय कृषक सहकारी संस्था बैजापुरसँगको साझेदारीमा साना तथा मझौला कृषकको आयस्तर वृद्धिका लागि लाखौँ रुपैयाँ अनुदान दिएको हो ।
सहकारी संस्था बैजापुरका सचिव मीनकुमार थारूका अनुसार मसुरो उत्पादन, सङ्कलन तथा प्रशोधनका लागि रु ५८ लाख ६६ हजार ६ सय १० अनुदान दिएको हो । यसले गर्दा गाविसमा रहेका १० वटा कृषक समूहलाई निकै राहत मिल्ने भएको छ ।
सहकारीका सचिव थारूले एक वर्षका लागि दिएको अनुदान कार्यक्रम आगामी वर्षको असार अन्तिमसम्म सकिने बताउनुभयो । मसुरो उत्पादन, सङ्कलन तथा प्रशोधन कार्यक्रम सफल पार्नका लागि दुई हजार क्विन्टल मसुरो अट्न सक्ने गोदाम घर निर्माण, पावर टिलर १० थान, पम्पसेट १० थान र बोर्डिङ १० थान किसानलाई हस्तान्तरण गरिसकेको जानकारी समेत उहाँले दिनुभयो । रासस