• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो ★   काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते ★   जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत ★   प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता– तस्बिरहरु ★   जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले ★   झापामा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु ★   कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ ★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी

चिलीमा विमानस्थल हडतालबाट हजारौँ यात्रु प्रभावित



सान्टियागो (चिली), २९ भदौ । विमानस्थलमा कार्यरत कामदारको २४ घण्टे हडतालका कारण मङ्गलबार चिलीमा हजारौँ मानिस विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।
विमानस्थल कर्मचारीले आफ्नो सेवा निवृत्तिभरण वापत पाउने सुविधा बढाउनुपर्ने जनाउँदै हडताल गरेका हुन् ।
करिब ९० प्रतिशत वा तीन हजार उड्डयन सम्बद्ध कर्मचारीको समर्थन तथा सहभागिता रहेको उक्त हडतालका कारण कुनै पनि आन्तरिक तथा बाह्य उडान गरिएन ।
हडतालबाट उडान रद्द गरिए पनि विमानस्थलको सुरक्षा अवस्था भने सामान्य भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक म्याक्सीमिलानो लारान्सियाले बताउनुभयो ।
हडतालको असर शतप्रतिशत विमानस्थलमा परेको र यहाँबाट हुने सबै उडान रद्द गरिएका छन्, यद्यपि अन्तर्राष्ट्रिय उडान आगमनमा भने खासै असर नपरेको उहाँले बताउनुभएको छ । विमानस्थलले आपतकालीन हवाई परिवहन भने यथावत चलेका छन् ।
हडतालका कारण दिनभरमा ७० हजार यात्रु विमानस्थलमा अलपत्र अवस्थामा रहनुपर्ने प्राधीकरणले दाबी गरेको छ । रासस÷एएफपी