• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू

च्याङ्ग्रापालक किसानद्वारा क्षतिपूर्ति माग



मुस्ताङ, भदौ ३० । मध्यरातमा हिउँचितुवाले च्याङ्ग्रा सखाप पारेपछि जिल्लाको चराङका किसानले क्षतिपूर्तिको माग गरेका छन् ।
एक साता अघि हिउँचितुवाको समूह गोठमा प्रवेश गरी स्थानीय पेमा छेटेन गुरुङले पालेका १०४ वटा च्याङग्रा मारेका थिए । उनले दशैँ र तिहारलाई लक्षित गरेर ३०० भन्दा बढी च्याङ्ग्रा पालेका थिए । एकै रात रु एक करोडभन्दा बढीको क्षति भएकाले आफूलाई पशु सेवा कार्यालयलगायत अन्य सङ्घसंस्थाले सहयोग गर्नुपर्ने किसान गुरुङको भनाइ छ ।
“दुःख गरी च्याङग्रा पालेको थिएँ, व्यापार हुने बेलामा यस्तो विपत्ति आइलाग्यो”, उनले भने, “सहयोग पाइए थप च्याङ्ग्रा किन्ने थिएँ ।” गतवर्ष मङ्सिरदेखि चैतसम्म परेको भारी हिमपात पछिको चिसोले गुरुङले पालेको २० भन्दा बढी च्याङ्ग्रा मरेका थिए ।
कहिले हिउँ त कहिले चितुवाले च्याङ्ग्रा खाइदिएपछि व्यवसाय सङ्कटमा परेको उनको भनाई छ । चिसोले मरेको भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन भए पनि अहिलेसम्म सरकारका तर्फबाट कुनै किसिमका सहयोग प्राप्त नभएको स्थानीय किसानहरुको गुनासो छ ।
अत्यधिक चिसोका कारण उक्त याममा उपल्लो मुस्ताङमा ४ हजार पशु चौपाया भोकभोकै मरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । हिउँचितुवाले एकहप्ताको अवधिमा चराङसहित कागबेनी र मार्फा क्षेत्रमा पालिएका पशु चौपायालाई आक्रमण गरी आतङ्क मच्चाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले पीडित किसानलाई नगद, गोठ संरक्षणका लागि सोलार सेटहरु वितरणको तयारी भइरहेको बताए ।
“हामीले केन्द्रमा बजेट माग गरेका छौँ, विगतका वर्षहरुमा पनि वितरण गरेका थियौँ, अहिले पनि वितरण गर्छौ” उनले भने ।
जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा नन्दलाल वर्माले तथ्याङ्क सङ्कलन गरेर क्षतिपूर्तीेको निर्णय गरिने बताए । रासस