• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

ऐतिहासिक सफलता : नेम्वाङ



 

काठमाडौँ, भदौ ३० । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नेपालको नयाँ संविधान बुधबारको संविधानसभा बैठकबाट पारित हुनुलाई ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।

संविधान पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जनताको सहभागितामा लामो समयदेखिको चाहना र भावनाका साथ संविधानसभाबाट संविधान बन्ने सपनाले मूर्तरुप लिएको बताउँदै यसमा सबैको योगदान रहेको छ भने ।

हर्षित र गम्भीर मुद्रामा प्रस्तुत भएका अध्यक्ष नेम्वाङले यो संविधान हालसम्मकै प्रगतिशील र लोकतान्त्रिक भएको उल्लेख गरे ।