• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् ! ★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो ★   महालेखापरीक्षकमा तोयम राया नियुक्त

७५ किलो चरेससहित ९ जना पक्राउ



भीमदत्तनगर, भदौ ३० । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट ७५ किलो चरेससहित बुधबार नौ जना पक्राउ परेका छन् ।

चरेससहित पक्राउ पर्नेमा कडेल गाविस–५ का ३० वर्षीय रामलाल उपाध्याय, ६० वर्षीय हरि सार्की, २१ वर्षीय विवेकराज उपाध्याय, दौलीचौर–९ का २८ वर्षीय विनोद बोहरा, सुर्मा गाविस–८ का ५५ वर्षीय जयबहादुर जेठारा, गाविस–९ का ३४ वर्षीय लालबहादुर बोहरा, सुर्मा गाविस–३ का २९ वर्षीय लोकेन्द्र बोहरा, सुर्मा–७ का ५५ वर्षीया गजेन्द्र बोहरा र भामचौर–२ का ३४ वर्षीय प्रेमबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मीराज अधिकारीले बताए ।

उनीहरुलाई मटेला गाविस–८ भाडेबगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चरेस ढुवानीमा संलग्न गाडी र चालकसमेत प्रहरीले नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाएको छ । अभियुक्तलाई लागु औषध ऐन, २०३३ अनुसार कारबाही हुने बताइएको छ । रासस