• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ★   आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु ★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल ★   नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

रामजी पौडेलका हत्याराद्वारा आत्मसमर्पण



फाइल फोटो

पोखरा, भदौ ३० । नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्यामा संलग्न रहेका फरार अभियुक्त रविन केसीलाई अदालतले आज जेल चलान गरेको छ ।

नेता बादलको हत्या गरी झण्डै एक महिना फरार रहेका केसीले आजै प्रहरी कार्यालय पोखरा गई आत्मसमर्पण गरेका हुन् ।

कास्की लेखनाथ–१३ का बस्ने केसीलाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि जेल चलान गरेको हो । हत्याको उक्त घटनामा संलग्न अन्य चार जनालाई अदालतले यसअघि नै जेल चलान गरिसकेको छ ।