• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

टर्‍यो कांग्रेसको वैधानिक संकट



काठमाडौं, भदौ ३१ । संविधान र पार्टी विधानमा भएको व्यवस्थाबमोजिम महाधिवेशन गर्न नसक्दा उत्पन्न हुन लागेको कांग्रेसको संवैधानिक संकट टरेको छ ।

संविधानसभाको बुधबार बसेको बैठकले संविधान मस्यौदाको धारा २६४ मा उल्लेख रहेको राजनीतिक दलको गठन, दर्ता र सञ्चालसम्बन्धी व्यवस्थाको उपधारा ४ को ‘ख’ पारित गरेपछि तत्कालका लागि कांग्रेसको संवैधानिक संकट टरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

कांग्रेसले अन्तरिम संविधान, विद्यमान ऐन र पार्टी विधानअनुसार ५ असोजभित्र महाधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्नुपर्ने बाध्यता थियो ।