११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतारी लघुवित्तको साधारण शेयर बाँडफाँट



अ+ अ-

काठमाडौँ । चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् ।

सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो । आवेदकमध्ये दुई लाख १७ हजार १२२ जनाले शेयर पाएनन् । सो संस्थाले धितोपत्र निर्देशिकाअनुसार न्यूनतम दश कित्ताको शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

सो संस्थाको शेयरमा दुई लाख ७३ हजार १९२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये हितग्राही खाता नम्बर नमिलेका र व्यक्तिगत विवरण पूर्ण नभएका ४७५ जनाको आवेदन रद्द गरिएको छ । उक्त लघुवित्तको चुक्ता पूँजी रु १२ करोड ६० लाख छ । साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु १८ करोड ६० लाख पुग्नेछ । रासस