११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसको निर्वाचन समिति गठन, राधेश्याम अधिकारी संयाेजक



अ+ अ-

काठमाडौँः नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल हुनुहुन्छ । 

बैठकले नियमावली मस्यौदा समिति गठनसमेत गरेको छ । विधान अनुसार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो । समितिको सदस्यमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहनुभएको छ । 

बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत पूर्णता दिएको छ । पार्टीको विधान अनुसार सोमबार भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठित समितिलाई वैठकले पूर्णता दिएको हो । समितिको सदस्यमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल हुनुहुन्छ । बैठकले अघिल्लो अनुशासन समितिमा रहनुभएका संयोजक रमेश रिजाललगायत सदस्यलाई धन्यवादसमेत व्यक्त गरेको छ । 

बैठकले विखण्डनको बाटो परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधान भित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिबारे रहेका गम्भीर विरोधाभासलाई स्पष्ट गर्न सरकारसँग माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

सम्झौताको दुई साता पुग्दासम्म जनअभिमतमा आधारित लोकतान्त्रिक विधिको व्याख्या नगरिनु आपत्ति जनक भएको काङ्ग्रेसले जनाएको छ । यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन आह्वानसमेत गरेको छ । 

“निषेधको बाटोलाई होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न सरकारसँग काङ्ग्रेस आग्रह गर्दछ”, प्रवक्ता शर्माले भन्नुभयो । राष्ट्रिय संवेदनशीलताका विषयमा निर्णय लिनुअघि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई सरकारले त्याग गरेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ । 

काङ्ग्रेसले अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य मान्यता र समृद्धिको बाटोमा लैजान प्रेरित गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ ।