११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलधापमा साँस्कृतिक महोत्सव हुने



अ+ अ-

भद्रपुर । भद्रपुर २ स्थित सम्युक्त धार्मिक स्थल कमलधापमा उभौली पर्वको अवसर पारेर यही जेठ ४ गतेबाट ९ गतेसम्म साँस्कृतिक महोत्सव हुने भएको छ ।

कमलधाप सम्युक्त धार्मिक स्थल संरक्षण समितिले धार्मिक स्थल पहिचान सहित आन्तरिक पर्यटनको चहलपहलका लागि ६ दिने महोत्सवको आयोजना गरेको हो ।


महोत्सव आयोजक समितिका संयोजक मानबहादुर तामाङको अध्यक्षता तथा प्रदेश संसद बसन्तकुमार बानियाको प्रमुख आतिथ्यमा महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १३ जात जाति तथा धर्मालम्बीहरूको साझा धार्मिक स्थलका रूपमा रहेको सो क्षेत्रमा बैशाखे पूर्मिमाको अवसरमा हरेक वर्ष ५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ ।

२२ भन्दा बढी जातजातिको बसोबास रहेको सो स्थानमा यस वर्षबाट धार्मिक सहिष्णुता तथा जातीय एकताको पहिचान स्थापित गर्र्न प्रथम कमलधाप उभौली साँस्कृतिक महोत्सव २०७६’ नाम दिएर महोत्सव गर्न लागिएको हो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कोषध्यक्ष फणिन्द्र दाहालले ९ लाख २० हजार खर्च अनुमान रहेको महोत्सव पर्यटन वर्ष २०२० को लक्ष्य पूरा गर्न सहयोगी हुने धारणा राखेका थिए ।