११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेना र नेपाल सरकार …



अ+ अ-

"भारतीय स्थल सेनाको मानार्थ जनरल पद" स्विकार नगर | यसले नेपाली सेनालाई घाटा मात्रै भएको छ | (कम्तिमा वर्तमान परिस्थितिमा सेना त अघि सर्न सक्थ्यो | ) भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवरसम्म जान बनाएको सडकको कारण नेपालको सार्मभौवसत्ता,रास्ट्रियता र स्वाभिमानमा गम्भीर आँच आएको छ | यस्तो गम्भिर विषयमा नेपाल सरकारले भारतसंग कुटनीतिक वार्ता शुरु त गरेको छ तर भारतको मिचाहा प्रवृति र नेपाललाई हेर्ने उसको दृष्टिकोणका कारण खासै उपलब्धि हुने कुरामा भने आमनेपाली विश्वस्त छैनन् |

यस्तो अवस्थामा नेपाली सेनालाई पटक्कै फाइदा नहुने तर नेपाली सेनाको प्रधान सेनापतिलाई भारत सरकारले विगतदेखि दिँदै आएको "भारतीय स्थल सेनाको मानार्थ जनरल पद" अबदेखि कुनैपनि प्रधान सेनापतिले नलिने र सोको खातिर भारतीय सेना प्रमुखलाई नेपालको संविधानमा कतै उल्लेख नभएतापनि दिँदै आएको 'नेपाली सेनाको मानार्थ सेना प्रमुख' को पदवी पनि नेपाल सरकारले तत्काल खारेज गरोस् |

साथै नेपाली सेनाको पहलमा नेपाल सरकारले सन् १९४७ देखि भारतीय गोर्खा सेनामा विश्वभर प्रसिद्धि कमाएको वीर,साहसी र बहादुर नेपाली युवाहरु पठाउन बन्द गर्ने घोषणा गर्ने हो भने पटक पटक नेपाल र नेपालीलाई हेप्दै आएको भारत लाइनमा आउने कुरामा दुईमत छैन |

(यो मेरो नितान्त व्यक्तिगत विचार हो | )