११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक



अ+ अ-

काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चांैथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको  क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कूल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

कुन एयरलाइन्सका कति उडान ?
    
नेपाल एयरलाइन्सले जुलाई ३१ तारिखमा जापान र कुवेत उडान गर्नेछ । अगष्ट १ मा क्वालालम्पुर र कतार, अगष्ट २ मा जेदाह र दुबई, अगष्ट ३ मा अष्टे«लिया र कतार, अगष्ट ४ मा दुबई र कतार, अगष्ट ५ मा रियाद र दमाम, अगष्ट ६ मा रियाद र दुबई, अगष्ट ७ मा रियाद र दमाम र अगष्ट ८ तारिखमा जेदाह र दुबईमा चार्टर्ड उडान गर्ने जनाएको छ । हिमालयले जुलाई ३० र अगष्ट १ तारिखमा कुवेतमा दुई उडान गर्नेछ । चीनको कुनमिङमा जुलाई ३१ मा एक मात्र उडान हुनेछ । जुलाई ३१ र अगष्ट ३ तारिखमा दोहामा उडान गर्ने हिमालयले जुलाई ३१, अगष्ट १,२, ३ र ४ तारिखसम्म अबुधाबी गन्तव्यमा चार्टड उडान गर्नेछ । त्यस्तै अगष्ट २, ३, ६ र ७ तारिखका दिन क्वालालम्पुर र अगष्ट ४, ५, ६ र ७ तारिखमा दमाम उडान गरिने हिमालयले विज्ञप्तिमार्फत जनाएको छ ।
    
नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो  एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ । यसअघि नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो । 

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ सङ्ख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।