काठमाडौं । काठमाडौंमा गत मंगलबार सुन भएको झोला फालेर भागेको गाडी आज (बिहीबार) ललितपुरको नखिपोटमा भेटिएको छ । नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा सो गाडी भेटिएको प्रहरीको भनाइ छ ।
बा ६ च ५५१९ नम्बरको सने स्कोर्पियो गाडीले मंगलबार आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको थियो ।
मंगलबार काठमाडौंको कमलपोखरीमा प्रहरी चेकिङ छलेर भागेको गाडीलाई पिछा गर्दा त्यहाँ रहेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएको प्रहरीको भनाइ थियो ।