१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टि एकतापछि जसपाको पहिलो केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बुधबार बस्दैछ। नेता केशव झाका अनुसार बैठक आज दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। तुलसीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी हुने जनाइएको छ । तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको हो। उक्त पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव छन्।

आजको बैठकले वैचारिक, राजनीतिक, सांगठानिक, साँस्कृतिक कार्यदिशा स्पष्ट गर्दै पार्टीको ठोस रणनीति तथा कार्यक्रम निर्धारण गर्न बनाउने पार्टीका नेता महेन्द्र श्रेष्ठले बताए।