११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरमा १ सय ८८ डिर्चाज हुँदा थपिए १ सय २६ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् । यो प्राररम्भिक तथ्याङ्क हो । बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्नुहुन्छ – भदौ ५ गते थपिएका महानगर क्षेत्रमा १२६ जना संक्रमित थपिनुभयो भने १८८ जना निको भएका घर फर्किनुभयो । संक्रमित निको भएको खवर न बिरामीबाट आउँछ, न अस्पतालबाट नै । यसकारण कति बिरामी निको हुनुभयो भन्ने एकिन छैन । अब यो विवरण अद्यावधिक गर्दैछौं । ओली भन्नुहुन्छ –  २८७ जनाले अस्पतालमा उपचार गराइरहनुभएको छ भने ३६२ होम आइसोलेसनमा रहनुभएको खबर छ । यो छिनछिनमा परिवर्तन भइरहने खालको अङ्क हो । मृत्यु हुनेको संख्या भने ८ पुगेको छ । 

साउन ३२ गते ९५५ जना संक्रमित भएको महानगरमा भदौ १ गते ११३ जना, २ गते १२७ जना, ३ गते १०५ जना, ४ गते १११ जना, ५ गते १२६ जना र ६ गते ६९ जना थपिएपछि कुल संक्रमितको संख्या १ हजार ६०६ पुगेको हो । यो विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखालाई उपलब्ध गराएको हो । 

भदौ ७ गते मध्यान्नसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्ने समयसम्ममा बिश्वभर कोभिडबाट संक्रमित हुनेको संख्या २ करोड ३४ लाख १ हजार ३ पुगेको छ । जसमध्ये १ करोड ५९ लाख ३४ हजार ६०८ जना निको भएर घर फर्किनु भएको छ भने ८ लाख ८ हजार ९८७ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जना संक्रमित थपिएका छन् ।